कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका निर्वाह गरेन : सुजाता कोइराला



काठमाडौं । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएकी छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले आयोजना गरेको ‘नेपालमा कोरोनाको सङ्कट, रोकथामका उपाय र जीवनरक्षाका लागि हाम्रो जिम्मेवारी के हो ?’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले कोरोना नियन्त्रणका लागि सरकारले खोप खरिदलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।
‘अनुदानमा ल्याएर मात्र कोरोना खोप सबै जनतासामु पुग्न सक्दैन सरकारले कोरोना भ्याक्सिन खरिदलाई प्राथमिकता दिनुपर्छ’, उनले भने । फाउण्डेसनकी केन्द्रीय अध्यक्षसमेत रहेकी नेत्री कोइरालाले कोरोना महामारीका कारण दैनिक लाखौँ श्रमिक रोजगारविहीन भएको उल्लेख गर्दै यस्ता जनतालाई सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले सबै मिलेर कोरोना सङ्क्रमण नियन्त्रणमा लाग्नुपर्ने बताइन् ।
फाउण्डेसन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले फाउण्डेसनले समसायमयिक घटनाक्रमका बारेमा निरन्तर बहस गर्दै आइरहेको बताए । गत वर्षको कोरोना सङ्क्रमणपछि फाउण्डेसनले हालसम्म विभिन्न विषयमा ३७ औँ पटक बहस गरिसकेको अध्यक्ष घिमिरेको भनाइ छ ।
फाउण्डेसन अमेरिका शाखाका प्रवक्ता रामचन्द्र अधिकारीले कोरोनाबाट पीडित व्यक्तिलाई अमेरिका शाखाले सुरुवाती दिनदेखि नै सहयोग गर्दै आएको बताए । हालसम्म अमेरिका शाखाले ५५ हजार प्याकेट खाना, दूध, माक्स र स्यानिटाइजर सहयोग गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्