मैदानमा ढलेका एरिक्सनले भने: ‘म अहिले ठिक छु’



एजेन्सी– युरो कप २०२० अन्तर्गत शनिवार राति भएको खेलमा मैदानमा ढलेका डेनमार्कका क्रिस्टियन एरिक्सनले आफू ठिक भएको जानकारी दिएका छन् ।

शनिवार खेलको ४२ औं मिनेटमा डेनमार्कले ‘थ्रो इन’ पायो । सोही ‘थ्रो-इन’ रिसिभ गर्न लागैकै बेला एरिक्सन अचानक मैदानमा ढलेका थिए ।

मैदानमा ढलेका डेनमार्कका क्रिस्टियन एरिक्सनले सामाजीक सञ्जालमा आफू ठिक भएको जानकारी दिएका हुन् । एरिक्सनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै आफू ठिक रहेको बताएका हुन् ।

इन्स्टाग्राममा एरिक्सनले भनेका छन् – ‘हेलो एभ्रिवान। विश्वभरबाट तपाईहरुको पठाउनुभएको माया र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैलाई धन्यवाद । म अहिले ठिक छु ।’

प्रतिक्रिया दिनुहोस्