प्रतिनिधिसभा विघटन मुद्दामा घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस



काठमाडौं । सर्वोच्च अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्नेगरी वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाश केसीलाई एमिकस क्युरीमा सिफारिस गरिएको छ । सर्वोच्च अदालत बार एसोसिएन कार्यसमिति बैठकले एमीकस क्युरीमा घिमिरे र केसीको नाम सिफारिस गरेको हो ।
जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइमा सहयोग गर्नेगरी वरिष्ठ अधिवक्तद्वयलाई एमिकस क्युरी तोकिएका हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट मुद्दामा सहयोग गर्नेगरी एमिकस क्युरी माग गरेका थिए । सोही अनुसार मंगलबार सर्वोच्च अदालत बार एसोसिएसन कार्यसमिति बैठकले घिमिरे र केसीको नाम सिफारिस गरेको हो ।
गम्भीर प्रकृतिको मुद्दाको सुनुवाइका लागि एमिकस क्युरी गठन गर्ने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्