काभ्रेकाे मण्डनदेउपुर दुर्घटनाका चालक बोगटी प्रहरी नियन्त्रणमा



 

काठमाण्डौं :   गत शनिबार डीआईजी, पत्रकार र ट्रेड युनियनका नेताको ज्यान जाने गरी भएको जीप दुर्घटनास्थलमा प्रहरीका डिआईजी पूर्णचन्द्र जोशी नेतृत्वको टोली वस्तुस्थितिबारे जानकारी लिन पुगेको छ । 

 

प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रमुख जोशी नेतृत्वको टोलीले मण्डनदेउपुर–६, को दुर्घटनास्थल पुगेर वस्तुस्थितीबारे जानकारी लिएर फर्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।  उहाँको टोलीले स्थलगत निरीक्षण मात्र गरेको प्रहरीले जनाएको छ । 

 

डीआईजी भण्डारीसहित ३ जनाको ज्यान जाने गरी भएको दुर्घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । मृतक डीआईजी भण्डारीको तर्फबाट उहाँका भतिजा क्षितिज भण्डारी र पराजुलीको तर्फबाट राजनप्रसाद पराजुलीले कानुनी कार्बाहीको लागि व्यवसायी एवं सवारी चालक प्रदिप बोगटीको विरुद्धमा प्रहरीमा उजुरी गरेपछि  काभ्रे प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान शुरु गरेको छ । 

 

बोगटीलाई सवारी ज्यान मुद्धा दर्ता गरेर १० दिनको म्याद थप गरिएको छ । आफैं पनि घाइते भएका बोगटी बिएण्डबी अस्पतालमा उपचार गराइरहेका थिए । बिहीबार दिउँसो डिस्चार्ज भएपछि उनलाई काभ्रे प्रहरीले जिल्लामा ल्याएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्