म्याग्दीको बेनी बजारमै पस्यो बाढी



म्याग्दी । म्याग्दीका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिरोबाट कम्तीमा ४० घरपरिवार विस्थापित भएका छन् ।
बाढीले सदरमुकाम बेनीको अस्पताल चोकमा क्षति पुरÞ्याएको छ । बाढीले ल्याएको गेग्रानले कालीपुल बसपार्क क्षेत्र पुरेको छ । त्यस्तै बाढी पसेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामग्री नजिकैका घरमा लगेर सुरक्षित गरिएको प्रहरीले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिका, ५ धस्केखोरियामा मंगलबार साँझ आएको पहिरोलेले ९ घरमा क्षति पुगेपछि सबै परिवारलाई सुरक्षित स्थानमा लगिएको छ ।
त्यसैगरी बेनी नगरपालिका, ४ तातोपानीको मसारस्थित खहरेखोलामा आएको बाढी बस्तीमा पसेपछि १३ परिवारका ४१ जनालाई सुरक्षित स्थानमा लगिएको छ । बेनी नगरपालिका–९ गलेश्वरस्थित वृद्धाश्रममा माथिबाट पहिरो झर्ने जोखिम बढेपछि त्यहाँ रहेका कम्तीमा १२ जना वृद्धवृद्धालाई गलेश्वर मन्दिरको धर्मशालामा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोबाट घरमा क्षति पुगेको÷जोखिममा परेका अन्नपूर्ण गाउँपालिका–७ काफलडाँडामा चार घर, घारमा दुई घर, बेनी नगरपालिका–९ काउलेगौडामा तीन घर, मंगला गाउँपालिका–१ कुहुँमा तीन घर, मालिका गाउँपालिका–६ दरवाङ्गमा ७ घरपरिवारका २४ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
त्यसैगरी बेनी नगरपालिका, २ बगरफाँटमा पाँच घर, धवलागिरी गाउँपालिका–२ लम्सुङमा ६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीपहिरोले विद्युत् आपूर्ति बन्द हुँदा केही स्थानीय तहमा सञ्चार सम्पर्क विच्छेदसमेत भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्