रौतहटमा कोरोना संक्रमण र मृत्यु दर घट्दै



रौतहट । रौतहटमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमित तथा कोरोनाको कारण मृत्यु हुनेको दर घट्दै गएको छ । लगातारको निषेधाज्ञा र सतर्कताको कारण संक्रमण तथा मृत्यु हुनेको संख्यामा कमी आएको हो ।
रौतहटमा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा विगत २४ घण्टामा ७३ जनाको पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । विगत २४ घन्टामा कोरोना संक्रमणको कारण जिल्ला भित्र तथा बाहिर कुनै बिरामीको मृत्यु नभएको जिल्ला प्रशासनको तथ्यांकमा उल्लेख रहेको छ ।
हाल रौतहटमा कुल १ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणका कारण हालसम्म जिल्लामा ५३ जना र अन्य जिल्लामा ६३ जना गरि रौतहटका १ सय १६ जनाले हालसम्म ज्यान गुमाइसकेको सिडियो इन्द्रदेव यादवले जानकारी दिए ।
रौतहटमा कोरोना संक्रमण दर घटेपनि नयाँ भेरिएण्टको जोखिम कायम रहेको भन्दै डीसीसीएमसीको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटले अगामी ७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्