आजको मौसम : देशका केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौँ : देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर अहिले मनसुनी वायुको प्रभावका कारण बदली तथा वर्षा भएको छ ।

अहिले देशभर नै सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।

देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरि राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्