केपी ओली नेतृत्वको सरकार अक्षम सावित हुँदै गयो : काँग्रेस सहमहामन्त्री



 

काठमाडौं :  नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले वर्तमान केपी ओली नेतृत्वको सरकार सबै क्षेत्रमा अक्षम सावित हुदै गएको दाबी गरेका छन् ।  राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस नेता महतले अघिल्लो वर्षको तुलनामा यस वर्ष ७५ प्रतिशत लगानी घटेकाले सम्वृद्ध मुलुक बनाउने सरकारको नारा नारामै सीमित भएको बताए । 

 

जनताको शान्ति सुरक्षा कायम गर्ने सवालमा असक्षम देखिएको सरकार पछिल्लो समय लगानी भित्र्याउदै मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा लैजाने सवालमा पनि अक्षम प्रमाणित भएको उनको तर्क थियो । नेपाल विकास सम्बन्धी विहिबार सार्वजनिक एशियाली विकास बैकको प्रतिवेदनले लगानी ह्वात्तै घटाएको देखाएको उल्लेख गर्दै उनले यस्तो अवस्थाले सम्वृद्ध मुलुक र सुखी नेपालीको लक्ष पुरा नहुने बताए । 

 

उनले जनताको आवाज , समस्या र मर्का बुझ्ने पार्टी नेपाली काग्रेस मात्रै भएको भन्दै संगठन विस्तारका साथ अगामी निर्वाचनमा कांग्रेस एक्लैले सरकार बनाउने उद्घोष गरे । नेता महतले कर वृद्धि तथा कानुन कार्यान्वय र व्यवस्थापकिय निकायको प्रभावकारी नियमन हुन नसक्दा लगानीको वातावरण खस्कदै जानु, मुलुकभर हत्या हिंसा, बलात्कार र अशान्ति व्याप्त हुनुले सरकार पुर्णतया अक्षम भईसकेको प्रमाणित गरेको दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्