आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव



काठमाडौँ : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा समेट्नपर्ने विषयमा सुझाव मागेको छ । केन्द्रीय बैंकले बिहीवार सूचना जारी गर्दै इमेलमार्फत सुझाव दिन सम्बद्ध सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

साउन पहिलो सातातिर मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले सुझाव संकलन सुरू गरेको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए ।

सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघसंगठन, व्यावसायिक संघसंगठनलगायत सबै सरोकारवालाले असार मसान्तसम्म आवश्यक लिखित सुझाव पेश गर्नुपर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

आवश्यक सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगानामा पठाउन सकिने बताइएको छ । केन्द्रीय बैंकमा केही संघसंस्थाले सुझाव पठाइसकेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्