प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सन्तोषजनक, छिट्टै डिस्चार्ज गरिने



काठमाडौं : छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको छ । 

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सन्तोषजनक रहेको उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । 

अर्यालका अनुसार प्रधानमन्त्री ओलीलाई एक दुई दिनभित्र अस्पतालबाट डिस्चार्ज गरिनेछ । प्रधानमन्त्रीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ ।

प्रतिक्रिया दिनुहोस्