वेपत्ता दुई चिनियाँसहित तीन मृत फेला, २० जना अझै सम्पर्कविहीन



काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार राति आएको बाढीमा सम्पर्कविहीन भएकामध्ये ३ जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा दुईजना चिनियाँ नागरिक र एकजना भारतीय छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार हालसम्म चिनियाँ नागरिक गोङ टियान छियो, यु चि झु र भारतीय नागरिक कमल लोचन महतो मृत फेला परेका छन् ।
हालसम्म २० जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
उनका अनुसार सम्पर्कविहीन हुनेहरुमा माधव भण्डारी, गणेश ज्योती, टीकामाया खड्का, ज्ञानेन्द्र कक्षपती, सुरेन्द्र नेपाल, च्याङा तामाङ, काली तामाङ, साइली तामाङ, रेशम लाल सार्की, होमराज घिमिरे छन् । यस्तै भारतीय नागरिक विजय बासुमन्तरी, जिनडाओ वासुमन्तरी, चिनियाँ नागरिक सन यु चुवान पनि सम्पर्कविहीन छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी खनालका अनुसार सम्र्पकविहीन हुनेहरुमा सुनिल तामाङ, पूर्ण तामाङ, कामी तामाङ, नोर्की तामाङ, गीता थापा, सुदिप थापा र तस्बिर तामाङ छन् । अधिकांश सम्र्पकविहीन हुनेमा हेलम्बु गाँउपालिकाकै छन् । सम्र्पकविहीन भएकाहरुको खोजी कार्य जारी रहेको खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्