हटस्पट पर्सामा मृत्यु हुने दर शून्य



वीरगन्ज । कोरोना संक्रमणको दोस्रो लहरमा पनि कोरोनाको हटस्पट बनेको पर्सा जिल्लामा कोरोना संक्रमणले हुने मृत्यु दर अहिले शून्य रहेको छ । असार सुरु भएयता पर्सामा कोरोना संक्रमणले मृत्यु दर शून्य भएको हो ।
असार १ गते यता पर्सामा कोरोना संक्रमणले एकजनाको पनि मृत्यु नभएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पछिल्लो पटक जेठ ३१ गते पर्सामा कोरोना संक्रमणले १ जनाको मात्र मृत्यु भएको थियो ।
तर, असार १ गते देखियता भने पर्सा जिल्लामा कोरोना संक्रमणबाट एकजनाको पनि मृत्यु नभएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्याक्ति विनय श्रीवास्तवले जानकारी दिए ।
संक्रमणको पहिलो लहरमा वीरगन्जमा कोरोना संक्रमणले पर्साका ५५ जना र अन्य जिल्लाका ३१ जना गरि ८६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्