गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपतिको छलफल



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् ।
शुक्रबार अपराह्न राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारीले गृहमन्त्री खगराज अधिकारीसहित नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारसँग छलफल गरेको स्रोतले जनाएको छ । भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्