आईसीसी लिग २ : बन्द प्रशिक्षणका लागि खेलाडी छनोट



काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन –२ को तयारी स्वरुप बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको छ । संघका सचिब अशोक नाथ प्याकुरेलले बन्द प्रशिक्षणका लागि २० जना खेलाडी चयन गरिएको जानकारी दिए ।
नेपालले लिग डिभिजन–२ अन्तगर्तको खेल स्पनेमा खेल्नेछ । प्रतियोगिता अन्तर्गत नामीबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एकदिवसीय खेल हुनेछ । यसअघि उक्त खेल स्कटल्याण्डमा हुने निर्धारण गरिएको भएपनि कोभिड १९ को प्रकोपको कारण खेल सम्भव हुन सकेन । तटस्थ भूमिमा खेलको आयोजना हुन लागेको हो । यद्यपी आईसीसीले अझै खेल तालिका सार्वजनिक गरिसकेको छैन ।
क्यानले जारी गरेको सूचीमा नियमित कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खडका, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी र सन्दीप लामिछाने छन् ।
त्यसैगरी, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, बिक्रम सोब, पवन सर्राफ र पृथु वाँस्कोटा टोलिमा अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्