महेन्द्र राय यादवद्वारा ठाकुर पक्षका नेतामाथि ज्यान मार्ने प्रयास (तस्विरसहित)



काठमाडौं– जनता सामाजवादी पार्टी नेपाल (जसपा) मा चर्किएको विवाद एकअर्कामाथि भौतिक आक्रमणसम्ममा पुगेको छ । आफ्नो पक्षमा नलागेको भन्दै उपेन्द्र यादव समूहमा लागेका महेन्द्र राय यादवले महन्थ समूहका एक नेतामाथि आक्रमण गरेका छन् ।

आफ्नो पक्षमा नलागेको भन्दै महेन्द्र समूहकी नेतृ रुही यादवका पति महम्द हबिबुल्लाको ज्यान प्रयास गरिएको छ । पहिले महन्थ समूहमा नै रहेका महेन्द्र राय यादव हाल उपेन्द्र समूहमा छन् ।

महेन्द्रले रुही पनि आफूसँगै उपेन्द्र समूहमा नलागेको भन्दै आक्रमण गराएका हुन् । आक्रमणबाट रुहीका पति गम्भीर घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

आक्रमण गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्