आयरल्यान्ड र डेनमार्कद्वारा स्वास्थ्य सामग्री सहयोग



काठमाडौँ । आयरल्यान्ड र डेनमार्कद्वारा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आयरल्यान्डले ४४ र डेनमार्कले २६ भेन्टिलेटरसहित शुक्रबार स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
नेपालस्थित युरोपेली युनियनको कार्यालयद्वारा प्राप्त तथ्यांक अनुसार आयरल्यान्डले ७२ ओटा अक्सिजन कन्सन्ट्रेटर, १२ ओटा बीपीएपी एयरफ्लो मेसिन, ४०० पल्स अक्सिमिटर, ५० रेस्पिरेटरी मोनिटर, ५० ओटा डेफिब्रिलेटर, १०० थमोमिटर, ७२८ अक्सिजन रेगुलेटर, ३९८ एयर रेगुलेटर, ९९ हजार ७५० प्रोटेक्टिभ कोभेसल, दुई लाख एक हजार ६०० फेसियल मास्क र १० लाख ८ हजार सर्जिकल मास्क सहयोग गरेको हो ।
यस्तै, डेनमार्कले ५० ओटा नासल अक्सिजन कानुलस, ९६ हजार भिसोर, ९६ हजार आइसोलेसन गाउन र ९६ हजार एफएफपीटु मास्क सहयोग गरेको हो । ती सामग्रीहरु युरोपेली युनियन (इयु) को सिभिल प्रोटेक्सन संयन्त्र अन्तर्गत नेपाललाई प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्