केशव स्थापितलाई हटाउने मुख्यमन्त्रीको प्रस्तावमा प्रधानमन्त्रीले भनेः केही दिन पर्खनुस् 



काठमाडौं : आफूसँग अभद्र व्यवहार गरेको भन्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई हटाउने तयारीमा लागेका छन्।

बुधबार मन्त्रिपरिषद् बैठक सकिएलगत्तै मन्त्री स्थापितले अशिष्ट व्यवहार गरेको गुनासो सुनाउँदै उनले कारबाहीका लागि प्रधानमन्त्रीसँग अनुमतिसमेत मागेका छन्।

मुख्यमन्त्री पौडेल प्रधानमन्त्रीलाई भेट्न बिहीबार अपराह्न अस्पतालमै पुगेका थिए।  घटनाको जानकारी लिएपछि प्रधानमन्त्रीले एकरदुई दिन धैर्य गर्न निर्देशन दिएका छन्।

यता मन्त्री स्थापितले नयाँ पत्रिकासँगको अन्तर्वातामा भनेका छन्, ‘मेरो प्रधानमन्त्री अहिले हस्पिटलमा हुनुहुन्छ, यस्तो वेलामा विवाद निकाल्नु हुन्छ ? क्याबिनेटमा भएको कुरा पत्रपत्रिकामा छपाएर हिँड्न मिल्छ ?’

प्रतिक्रिया दिनुहोस्