धादिङमा स्काभेटर सहित दुई जना पहिरोमा पुरिए



धादिङ : धादिङको रुबि भ्याली गाउँपालिका–२ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटर सहित दुई जना पुरिएका छन् । धादिङबेसी साङकोष तिप्लिङ सोमदाङ सडक निर्माणका क्रममा शुक्रबार साँझ ६ बजे अताखोलामा पहिरो आएको थियो ।

पुरिएर बेपत्ता हुनेमा डोजरका रुबि भ्याली घर भएका सहचालक जोजो तामाङ र डोजर चालक रहेको त्यहँका वडाध्यक्ष प्रशान्त तामाङले जानकारी दिए । घटना लगत्तै उद्धारका लागि प्रयास गरिए पनि वर्षाका कारण कठिन भइरहेको छ ।

गाउँमा मोबाइल सम्पर्क टुटेको कारण प्रहरीले आफ्नो आन्तरिक सञ्चार सेटबाट घटनाको जानकारी लिइरहेको र खोजतालसका लागि सेर्तुङमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

गाउँपालिका प्रमुख चेरुङ तामाङ र उप प्रमुख बिना लामा काठमाडौंमा रहेकाले शनिबार बिहान हेलिकप्टरबाट घटनास्थल पुगेका छ्न् । सेर्तुङ पूर्व गृहमन्त्री एवम् राप्रपाका वरिस्ठ नेता बुद्धिमान तामाङको गाउँ हो ।

प्रतिक्रिया दिनुहोस्