इँटा भट्टाको खाल्डोमा भेटियो ११ वर्षीय बालकको शव



काठमाडौँ : भक्तपुरको इँटा भट्टाको खाल्डोमा बालकको शव भेटिएको छ । चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका १० वर्षका छोरा रोजनको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

शुक्रबार विहान ११ बजेतिर हराएका रोजनशो शनिबार घर नजिकैको इँट भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा जमेको पोखरीमा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरिक्षक सूर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान अधिकृतको टोली खटी गई घटनास्थल तथा शव जाँच मुचुल्काको कार्य गरिएको छ ।

शवलाई पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्