युरोकपः ‘ग्रुप अफ देथ’का दोस्रो खेलहरू हुँदै



काठमाडौं । युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह ‘ई’को एक खेल र समूह ‘एफ’का दुई खेल हुँदै छ । समूह ‘ई’मा स्पेन र पोल्याण्ड खेल्दै छन् । उता समूह ‘एफ’मा पोर्चुगल र जर्मनी भिड्दैछन् भने अर्को खेलमा फ्रान्सले हंगेरीको सामना गर्नेछ । ‘ग्रुप अफ देथ’ नाम दिइएको समूह ‘एफ’का दोस्रो खेलहरु रोमाञ्चक हुनेछन् ।
समूह ‘ई’मा स्पेन १ अङ्क सहित तेस्रो स्थानमा रहेको छ । पोल्याण्डले कुनै पनि अङ्क प्राप्त गरेको छैन । उक्त समूहमा स्विडेन दुई खेलमा ४ अङ्क सहित पहिलो स्थानमा रहेको छ भने स्लोभाकिया दुई खेलमा तीन अङ्क सहित दोस्रो स्थानमा रहेको छ ।
स्पेना कप्तान सर्जियो बुस्केट कोरोना सङ्क्रमणमुक्त भएर टोलीमा फर्किएका छन् । स्पेन र पोल्याण्डबीच भएको १० खेलहरूमा स्पेन ८मा विजयी रहेको छ भने १ खेल बराबरी र १ खेलमा पोल्याण्ड विजयी रहेको छ ।
समूह ‘एफ’मा फ्रान्स र हंगेरी भिड्दै छन् । फ्रान्स १ खेलमा तीन अङ्कका साथ दोस्रो स्थानमा रहेको छ भने हंगेरी १ खेलमा अङ्कविहीन रहेको छ । फ्रान्सले पहिलो खेलमा जर्मनीलाई पराजित गरेको थियो भने हंगेरी पोर्चुगलसँग पराजित भएको थियो ।
त्यसैगरि जर्मनी र पोर्चुगलको खेलमा जर्मनीलाई जित्नै पर्ने खेलका रूपमा लिइएको छ । दुई बीचको खेलमा जर्मनी दबाबमा हुनेछ । पोर्चुगलले आफ्नो खेल जितेमा दोस्रो चरणमा प्रवेश सुनिश्चित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्