चिनि छानबिन प्रतिवेदन थन्क्याइयो, लेखा समितिमाथि नै शंका



काठमाडौँ  :   चिनीको मूल्य घटाउने र अनियमिततामा संलग्नमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझावसहितको उपसमितिको प्रतिवेदन सार्वजनिक लेखा समितिले थन्क्याएको छ ।

दसैं, तिहार र सभापतिको विदेश भ्रमण देखाउँदै समितिको बैठक नबस्दा प्रतिवेदन थन्किएर बसेको हो ।

समितिले चिनीबारे अध्ययन गर्न पूर्ववाणिज्य तथा अपूर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

यसले मन्त्रिपरिषदको निर्णयबाट लगाइएको चिनी आयातको परिमाणात्मक बन्देज हटाउने, मूल्य घटाउन सरकारलाई निर्देशन र निर्णय प्रक्रियामा संलग्न सरकारी अधिकारीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्ने सुझाव पेस गरेको थियो ।

प्रतिवेदन समितिका सभापति भरत शाहलाई बुझाएको २२ दिन बितिसकेको छ । उपभोक्ताले सबैभन्दा बढी चिनी प्रयोग गर्ने समय तिहार हुनै लाग्दा पनि प्रतिवेदनमाथि कुनै छलफल नहुँदा समितिमाथि नै शंका उत्पन्न भएको सदस्यले प्रतिक्रिया दिएका छन् ।,

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएकाे छ ।  

प्रतिक्रिया दिनुहोस्