दैलेखमा मिनी ट्रक दुर्घटना, तीन जनाकाे मृत्यु



कैलाली : दैलेखमा मिनिट्रक दुर्घटनामा तीन जनाकाे ज्यान गएकाे छ। दैलेख–सुर्खेत सडकखण्डअन्तर्गत गुराँस गाउँपालिका– १ रिगलपानीमा शुक्रबार बिहान मिनिट्रक जलेको अवस्थामा भेटिएको हाे।

तीन वटा शव पनि नचिनिने अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जलेकाले मृतकको सनाखत र ट्रकको नम्बर पहिचान गर्न समस्या परेको घटनास्थलमा रहेका सहायक प्रहरी निरीक्षक ठगीराम शर्माले जानकारी दिए ।

ट्रक सडकबाट करिब तीनसय मिटर तल खसेको अवस्थामा भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिहान ट्रक दुर्घटनाग्रस्त रुपमा देखेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्