मुख्यमन्त्रीसँग मुखमुखै लागे मन्त्री



हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग पूर्वाधारमन्त्री केशव स्थापित मुखमुखै लागेका छन् । मुख्यमन्त्री र मन्त्रीबीच मन्त्रिपरिषद् बैठकमा बुधबार चर्काचकी परेको हो । 

मन्त्रिपरिषदको दोस्रो वरीयतामा रहेका स्थापितले बुधबार बैठकको अन्तिमतिर मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेको एक मन्त्रीले जनाए । 

मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको  बताएका थिए। त्यसलगत्तै स्थापितले आफ्नो मन्त्रालयले काम गरिरहेको जिकिर गर्दै पौडेलमाथि अभद्र व्यवहार गरेका थिए। 

स्थापितले आफ्नो जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको अर्का एक मन्त्रीले बताए । स्थापितले आफूमाथि गरेको व्यवहारबारे नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं गएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्