युरो कपमा आज ४ खेल हुँदै



काठमाडौं । युरो कप २०२० अन्तर्गत सोमबार चारवटा खेल हुँदैछन् । समूह ‘सी’ अन्तर्गत नर्थ मेसेडोनिया र नेदरल्यान्ड्स तथा अस्ट्रिया र युक्रेनबीचको खेल नेपाली समयअनुसार राती पौने १० बजे सुरु हुने छ ।
समूहमा दुई खेलपछि नेदरल्यान्ड्सको ६, युक्रेन र अस्ट्रियाको ३÷३ अंक छ भने नर्थ मेसेडोनियाले अंक जोड्न सकेको छैन । नेदरल्याण्ड्स यसअघि नै दोस्रो चरण पुगिसकेको छ ।
समूह ‘बी’अन्तर्गत बेल्जियम र फिनल्यान्ड तथा रुस र डेनमार्क नेपाली समयअनुसार राती पौने १ बजे भिड्नेछन् । बेल्जियम २ खेलबाट ६ अंक जोड्दै प्रिक्वाटरफाइनल पुगिसकेको छ । रुस र फिनल्यान्डको ३÷३ अंक छ । दुवैले नर्थ मेसेडोनियालाई हराएका थिए ।
६ वटा समूहका विजेता र उपविजेतासहित अंकका आधारमा शीर्ष चार तेस्रो टोली पनि प्रिक्वाटरफाइनल पुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस्