पर्सा जिल्ला प्रशासनमा आलोपालो सेवा



वीरगञ्ज । कोरोना महामारीका कारण बन्द रहेको जिल्ला प्रशासन कार्यालय पर्सा सोमबारदेखि खुलेको छ ।
जिप्रकाले सोमबारदेखि जिल्लाका स्थानीय तहअनुसार आलोपालो गरेर खुल्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।
पौडेलले एक सूचना जारी गर्दै प्रशासन कार्यालय अत्यावश्यक सेवाका साथै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी स्थानीय तहअनुसार आलोपालो मिलाई भीडभाड नहुने गरी सेवा सञ्चालन हुने बताए ।
सूचनामा जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नयाँ नागरिकता, प्रतिलिपी, राहदानी तथा विभिन्न सिफारिसहरु आलोपालो गरी सञ्चालन हुने जनाइएको छ ।
आइतबार र सोमबार जिल्लाको कालिकामाई गाउँपालिका, जगरनाथपुर, ठोरी, पकहा मैनपुर, सखुवा प्रसौनी, छिपहरमाई, जिरा भवानी, धोबिनी र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीहरुलाई सेवा प्रदान गरिनेछ ।
यस्तै मंगलबार र बुधबार बिन्दबासिनी गाउँपालिका, पोखरिया नगरपालिका, पर्सागढी र बहुदरमाई नगरपालिकाका स्थानीयहरुलाई सेवा प्रदान गरिने जिल्ला प्रशासन कार्यालयल जनाएको छ ।
यसैगरि हप्ताको बिहीबार र शुक्रबार भने वीरगञ्ज महानगरपालिकाका सेवाग्राहीहरुले जिल्ला प्रशासन कार्यालयबाट सेवा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्