कर्णाली प्रदेशको बजेट अधिवेशन सुरु



सुर्खेत : कर्णाली प्रदेशको बजेट अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। आर्थिक वर्ष २०७६र७७ को बजेटको लागि अधिवेशनको पहिलो दिन शुक्रबार दलको प्रतिनिधित्व गर्दै सांसदहरूले आआफ्नो धारणा राखेका छन्।

सांसदहरूले कर्णालीको समृद्धिका लागि मन्त्रीहरूले व्यक्तिगत रूपमा नीति तथा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्। नेकपाका सांसद यामलाल कँडेलले आउँदो दिनहरूमा यस्तो प्रवृत्तिको अन्य गर्नुपर्ने बताए।

नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले गरेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै चर्को आलोचना गरे। प्रदेश सभाको अर्को बैठक जेठ १३ गते बस्नेछ।

सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारीलाई तीव्रता दिएको छ। संवैधानिक व्यवस्था अनुसार, असार १ गते प्रदेश सरकारहरूले बजेट ल्याउने पर्ने व्यवस्था रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्