प्रदेश प्रमुख अहिराजद्वारा वरिष्ठ कलाकारको सम्मान



जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले धनुषा जिल्लामा मिथिला चित्र कलामा उल्लेखनीय योगदान दिएको चर्चित कलाकारहरूसँग भेटघाट गरेर उनीहरूको समस्या तथा सङ्घर्षका बारेमा जानकारी लिएका छन् ।
मिथिला चित्रकलासहितको क्षेत्रमा विशिष्ट योगदान दिएको वरिष्ठ कलाकार मञ्जु ठाकुर, मिथिलेश्वरी देवी, सुदर्शन लाल कर्णसहितका पाँच जना कलाकारहरूसँग प्रदेश प्रमुख अहिराजले भेटघाट गरेका हुन । उनीहरु जनकपुरधामको कुवामा रहेको नारी विकास केन्द्रको स्थापना कालदेखि नै संलग्न रहँदै आएका हुन ।
उनीहरू २०४५ सालमा नै जापानमा पुगेर एकल मिथिला पेन्टीङ्गको प्रदर्शन गरेका हुन ।
अहिले पनि पाँचै जना कलाकारहरू मिथिला पेन्टिङको क्षेत्रमा क्रियाशील रहेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डा. अहिराजले दोसल्ला ओढाएर सम्मान पनि गरे ।

प्रतिक्रिया दिनुहोस्