कविताको ‘देशको नक्सा’ कविता प्रथम



काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राईको देशको नक्सा नामक कविता प्रथम भएको छ ।
बुधबार भर्चुअल माध्यामबाट आयोजना गरिएको कविता वाचनपछि नतिजा सार्वजनिक गरिएको हो। यसअघि देशभरबाट प्राप्त कवितालाई छनौट गरी ४१ जनाबीच वाचन गराइएको थियो ।
प्रज्ञा प्रतिष्ठानका अनुसार धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि बसन्त आउँछ’शीर्षकको कविता दोस्रो भएको छ ।
ताप्लेजुङकी सबिता बरालको ‘आमा म आएँ अब’, बर्दियाकी निरञ्जनकुमारी चन्दको युगीन प्रतिध्वनि र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ शीर्षकको कविता तृतीय भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्