कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध भएको छ ।
बुधबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको हो। सभामुखले प्रदेश सभा बैठकको कारबाही सुरु भएको जानकारी गराएलगत्तै कांग्रेस संसद्मा उभिएर बिरोध जनाएको थियो। गैरकानुनी तरिकाले बजेट ल्याईएको कांग्रेसको ठहर छ ।
प्रदेश सरकारले बार्षिक बजेट कार्यक्रम ल्याउन प्रदेशसभा सचिवालयमा दर्ता गराएको आर्थिक कार्यविधि ऐन २०७४ लाई संसोधन गर्न बनेको अध्यादेश विपरित बजेट ल्याएको कांग्रेस प्रदेश सभा सदस्य गोविन्द बोहराले बताए । अर्को बैठक शुक्रबार २ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्