रौतहटको मौलापुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार



अनिल यादव/रौतहट : नगरसभाको विषयलाई लिएर मौलापुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ। झडपको क्रममा प्रहरीले एक दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ।

झडपमा एक प्रहरी घाइते भएका छन् भने दुवै तर्फका केही प्रदर्शनकारी पनि घाइते भएका छन्। झडप सुरु भएपछि मौलापुर बजार बन्द गरिएको छ। मौलापुर नगरपालिकाको नगरपरिषद्मा कडा सुरक्षा अपनाइएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले मौलापुरको स्थिती खराब भएपछि नियन्त्रणमा लिन सुरक्षाकर्मीले केही थान अश्रुग्यास प्रहार गरेको बताए। उनले स्थिति तनावग्रस्त रहे पनि नियन्त्रणमा आइसकेको बताए ।

पूर्वमन्त्री प्रभु साहको गृह नगर हो मौलापुर । साहकी पत्नी रिनाकुमार साह मौलापुरकी मेयर छिन् । दुई दिनअघि विपक्षी दलहरुले नगरप्रमुखको विरोधमा जुलस निकालेका थिए । विकासको नाममा बह्मलुट भएको उनीहरुको आरोप थियो । त्यसको जवाफमा हिजो मेयर पक्षमा जुलुस निकालिएको थियो । विकासविरोधीहरुले मेयरको विरोध गरेको भन्दै जु्लुसमा सहभागीहरुले साह दम्पतीको पक्षमा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्