दुर्गा भगवती गाउँपालिकाको बजेट सार्वजनिक



अनिल यादव/रौतहट : दुर्गा भगवती गाउँपालिकाले कोरोना संक्रमणको महामारीविरुद्ध स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नयाँ बजेट निर्माण गरेको छ ।

गाउँपालिका अध्यक्ष अरुणकुमार साहले बिहीबार आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट सार्वजनिक गर्दै सो प्राथमिकता बताएका हुन् । गाउँपालिकाको पाँचौ गाउँसभामा बजेट प्रस्तुत गर्दै अध्यक्ष साहले विकास निर्माण कार्यले विगत झै आगामी वर्ष पनि निरन्तरता पाउने बताए ।शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायतका विविध क्षेत्रमा बजेट विनियोजन गरिएको बताउँदै अध्यक्ष साहले गाउँपालिकालाई पूर्वाधारको क्षेत्रमा सम्पन्न बनाइने बताए । विगत चार वर्षमा विकास निर्माणले गाउँपालिकामा तीव्रता पाएको समेत उनले बताए ।

राजनीतिक दल र सम्बद्ध सबै पक्षको सहयोगले गाउँपालिकाको विकास सम्भव भएको चर्चा गर्दै उनले स्थानीय जनताको भावना र चाहनाबमोजिम नै बजेट निर्माण गरिएको बताए । सभामा उपप्रमुख मन्जुदेवी झा, प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक लगायत वडा अध्यक्ष तथा गाउँसभाका सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्