कर्मचारी समायोजन गर्न अध्यादेश, आकर्षक सुविधा पाउने



काठमाडौं : सरकारले निजामती सेवाका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्न अध्यादेश ल्याउने अन्तिम तयारी गरेको छ ।  यथास्थितिमा प्रदेश र स्थानीय तहमा कर्मचारी जान नमानेपछि सरकारले आर्कषक सुविधासहित समायोजन गर्न अध्यादेश ल्याउन लागेको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले अध्यादेशको मस्यौदा तयार गरी अर्थ मन्त्रालयसँग राय लिइसकेको छ ।  मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीकाअनुसार अध्यादेशमाथिको रायसुझाबका लागि कानुन मन्त्रालय पठाएको छ । 

कानुन मन्त्रालयबाट सहमति आएपछि अध्यादेश जारी गरेर प्रदेश र स्थानीय तहमा तत्काल कर्मचारी समायोजन सुरु गरिने छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जतिसक्दो छिटो अध्यादेश जारी गरेर आगामी पुस भित्र प्रदेश र स्थानीय तहमा र्काचारी समायोजन सक्ने तयारी भएको जानकारी दिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्