भिडियो अन्तर्वार्ता : पेडियाट्रिक सर्जरी कस्तो खालको उपचार हो त?



काठमाडौं : पछिल्लो समय पेडियाट्रिक सर्जरीबाट उपचार गर्ने बिरामीमा वृद्धि भएको छ। अहिले तालिम प्राप्त डक्टरहरू, मानिसमा जनचेतना भएसंगै बिरामीहरू बढेको पेडियाट्रिक सर्जन प्रा.डा. आर.पी.चौधरीले बताए।

पहिला उपकरण कम, सर्जन कम, सुविधा कम थियो तर अहिले २० जना सर्जन भैसकेका छन्। जुन अहिलेका लागि पर्याप्त नै हो।

बालबालिकाको अस्पताल भने विकास नभएको उनको भनाइ छ। उनी भन्छन्,‘अहिलेको अवस्थामा कम्तिमा ७ वटै स्थानिय तहमा ७ वटा बाल अस्पताल हुनु पर्छ। अहिले बच्चाको लागि मात्र अस्पताल नै छैन भएपनि जेनेरलमा छ।साच्चै भन्ने हो भने बच्चाको केयरको लागि बच्चाकै अस्पताल हुन आवश्यक छ।’

विश्वका अन्य मुलुकमा यो सेवा ६०–७० वर्षअगाडि नै सुरु भइसकेको भए पनि नेपालमा सन् १९७१ देखि कान्ति बाल अस्पतालमा सुरु भएका हो। पिरियोडिक सर्जरी आमाको गर्भमा भएको बच्चाको अवस्थादेखि १८ वर्षको उमेरसम्म गर्ने गरिन्छ।

बच्चामा हुने मेडिकल समस्याहरूमिर्गौला सुन्निने, मिर्गौलामा पानी जम्ने, लिंगको टुप्पोमा प्वाल नहुने, पिसाबको प्वाल नहुने, टियूमर, जन्मनेबित्तिकै पेट ठूलो भएर जन्सने जस्ता समस्या देखापरेमा पडियाड्रिक सर्जरीको आवश्यकता पर्छ।

थप विवरण यो अन्तर्वार्तामा :

प्रतिक्रिया दिनुहोस्