चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु



स्याङ्जा : चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुन चौपारी गाउँपालिका–२ घडेरीका १५ वर्षीय रोहित गुरुङ रहेका छन् ।

घरमा सुतिरहेका रोहितलाई शुक्रबार विहान करिब ५ बजे चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनाको थप विवरण संकलन गर्न प्रहरी निरीक्षक अर्जुन विकको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्