रौतहटमा अवैध मदिरा सहित दुईजना पक्राउ



अनिल यादव/रौतहट : अबैध रुपमा उत्पादन गरी बिक्री वितरण गर्न लैजादै गरेको अवस्थामा घरेलु मदिरा बरामद गरिएको छ । सेता मारुती भ्यानमा चार वटा ग्यालेनमा करिब ६० लिटर अवैध मदिरा राखेर लैजादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

अवैध मदिरासहित पक्राउ पर्नेमा चन्द्रपुर नपा वडा नम्बर ६ का ३५ वर्षीय हरिशंकर कापडी र भारतको मोतिहारी जिल्ला ग्राम पंचायत औरैया वडा नं.८ का ३६ वर्षीय नजरुल खान रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । ना १ च ७३५३ नम्बरको सेतो मारुती गाडीको पछाडि डिक्कीमा शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा अवैध मदिरा फेला परेको इप्रका गरुडाका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताए । बरामद गाडीसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि करदाता सेवा कार्यालय चन्द्रनिगाहपुरमा बुझाईएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्