नेतृत्व हातमा लिने दाउमा रहेका कांग्रेस नेताहरु आन्तरिक छलफलमा



काठमाडौं : आगामी १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेस नेताहरु महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा छलफलमा जुटेका छन् ।

महाराजगञ्जमा कोइरालासहित उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको हो । यसअघि यी तिनै जना नेताले बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए ।

यसअघि सभापति शेरबहादु देउवालाई सहयोग गर्दै आएका उपसभापति विमलेन्द्र निधिले आफैले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यसैगरी महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि सभापतिका दावेदार हुन् ।

फेरि सभापतिमा देउवा आफै उठ्ने भएपछि संस्थापन पक्षबाट निधिले नेताहरुसँगको छलफललाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्