थप १ हजार ७२१ मा कोरोना पुष्टि



काठमाडौँ पछिल्लो २४ घण्टामा देशभर १ हजार ७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ९ हजार ५८६ पीसीआर परीक्षणमा १ हजार ७२१ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, ४ हजार ७६५ एन्टिजेन परीक्षणमा ७५५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ ।
यस्तै, २४ घण्टामा ५ हजार ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्