तिहार नजिकिँदै गर्दा आठ करोडको तास



 

 काठमाडौं :  पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ । यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६।७६ प्रतिशत धेरै हो ।

 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ ।

सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ।

 

नेपालीको दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा छ। तिहारलाई लक्षित गरेर तास भित्रिएको देखिन्छ।

 

तथ्यांकअनुसार तीन महिनामा आयात भएको ८ करोड साढे ६ लाख रुपैयाँको तासमध्ये असोजमा झन्डै आधा तास आयात भएको देखिन्छ । साउनमा एक करोड ४७ लाख र भदौमा ३ करोड ६ लाख ४८ हजारको तास आयात भएको छ । असोजमा ४ करोड ५४ लाखको आयात भएको तथ्यांक छ । 

 

आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्