दीपाश्रीले गरिन् लालाहरू सँग खेतमा मस्ती (तस्वीरसहित)



काठमाडौं– राष्ट्रिय धान दिवसको अवसरमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले धान रोपेकी छन् । फेसन डिजाइनर सुरविन बान्तवा र अभिनेत्री स्वस्तिम खड्कासँग दीपाश्रीले धान रोपेकी हुन् ।

दीपाश्रीले फेसबुकमा लेखेकी छिन्, ‘मेरो लालाहरुसँग खेतमा मस्ती । यो पो हो हाम्रो दोस्ती । राष्ट्रिय धान दिवसको शुभकामना ।’

आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवश । देशभर राष्ट्रिय धान दिवश मनाइँदैछ । कोरोना संक्रमणको जोखिम बीच देशका विभिन्न ठाउँमा धान दिवश तथा रोपाइँ महोत्सव मनाइदै छ । यो वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ बिबिध कार्यक्रममको आयोजना गरिएका छन् ।

आर्थिक बर्ष २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको बिभागले बताएको छ । १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागले बताएको छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७ औं स्थानमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्