राष्ट्रिय फुटबल टिमका २० जना खेलाडीमा कोरोना पुष्टी



काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीमा कोरोना पुष्टी भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार बन्द प्रशिक्षणमा बोलाईएका ५० खेलाडी मध्ये २० जनामा कोरोना देखिएको द नेपालटपलाई टेलिफोन मार्फत जानकारी दिए।

प्रवक्ता राईले पुन: परीक्षणका फेरी पठाएकोर त्यसको नतिजा केहि समय पछि आउने जानकारी दिए। तर उनले कुनै खेलाडीको नाम भने सार्वजनिक गरेनन्।

आज बिहान नै प्राविधिक कारण देखाउँदै एन्फाले बन्द प्रशिक्षण एक साता पछि सरेको थियो। मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने तयारी छ । नेपालले एसियन कप छनोटको अन्तिम चरणमा पनि प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्