नाम र केन्द्र सहमतिमा छिट्टै टुङ्गो लाग्छ : मन्त्री घिमिरे



खाँदबारीः प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताएको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उनले दशैँ र तिहारजस्ता चाडपर्वले गर्दा केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने बताएको हो ।    

 

प्रदेशमा संलग्न सबै दलसँग सहमति गरेर टुङ्ग्याउने छौँ, मन्त्री घिमिरेले भन्नुभयो, नाम र राजधानीका विषयमा बहस भइरहेको छ । सङ्खुवासभा प्रदेश १ को महत्वपूर्ण जिल्ला भएको चर्चा गर्दै उहाँले किमाथाङ्का– जोगवनी सडक जोडिएपछि प्रदेश १ लाई यसले समृद्ध बनाउने र पर्यटकीय हिसाबले पनि यो जिल्लाको महत्व बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्