यूरो २०२० को भिडका कारण युरोपमा कोरोना संक्रमणमा वृद्धि: डब्ल्यूएचओ



जारी युरो २०२० फुटबल स्टेडियम र आयोजक शहरहरूका पब र बारहरूमा जम्मा भएका भीडले हाल युरोपमा कोरोनाभाइरस संक्रमणको दर वृद्धि भईरहेको विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) जनाएको छ।

डब्ल्यूएचओका अनुसार दुई महिना यता कम भएको युरोपमा कोभिड १९ को संक्रमण एक हप्तामा १०% ले वृद्धि भए लगतै नयाँ लहरको जोखिम बढ्दै गएको बताएको छ।

विज्ञहरु अनुसार कोभिड १९ को नँया स्वरूप डेल्टा भेरियन्ट सङ्क्रमण युरोपमा फैलिए संगै तेस्रो लहर आउने चेतावनी दिए।
युरोपियन युनियन रोग नियन्त्रण एजेन्सी ईसीडीसीले आगामी अगस्टको अन्त्यसम्ममा ९० % को दरले यस भेरियन्ट बढ्ने अनुमान गरे।

लन्डन र सेन्ट पीटर्सबर्गबाट ​​फर्केका सयौं समर्थकहरुमा कोरोना पोजेटिभ देखेका छन् ।राष्ट्रिय स्वास्थ्य स्कटल्यान्डका अनुसार स्कटल्यान्डमा २,००० भन्दा बढी मानिसहरू जसले स्टेडियममा वा फ्यान जोन र पबमा युरो २०२० का खेल हेरेकोमा कोरोना पोजेटिभ देखेको बताए । फिनल्याण्डका कम्तिमा १२० प्रशंसकहरू आफ्नो राष्ट्रको खेल हेर्न रूसको सेन्ट पीटर्सबर्गमा यात्रा गरिसके पछि संक्रमण भएका थिए।

डब्ल्यूएचओका वरिष्ठ आपातकालीन अधिकारी क्याथरिन स्मालवुडले बिहिबार पत्रकार सम्मेलनमा प्रशंसकहरूको आवागमन निगरानीको लागि आयोजक शहरहरूलाई अझ बढी सतर्क अप्नाउन आग्रह गरे।

“हामीले स्टेडियमहरूको बाहेक बाहिर पनि हेर्नु पर्छ,” उनले खेलको अघि र पछिको यात्रालाई जोड दिँदै भनिन्। ” खेल हेर्न जानु पूर्व के तिनीहरु कतै भिड भएको बस चढेरआएका त होइन ? खेल पछि के तिनीहरू भीड भएको बार र पबहरूमा जान्छन् ? “

जर्मनका आन्तरिक मन्त्री होर्स्ट सीहोफरले युरोपेली फुटबलको परिचालक निकाय यूईएफएले यूरोकप २०२० मा ठुलो भीडलाई अनुमति दिएको निर्णयलाई ‘पूर्ण गैरजिम्मेवारपूर्ण’ बताए।

यद्यपि यूईएफएले मन्त्री होर्स्ट सीहोफरको भनाईलाई खण्डन गर्दै कोरोना रोकथामका लागि आयोजक शहरहरुमा स्थानीय जनस्वास्थ्य अधिकारीहरु द्वारा निर्धारण गरिएको नियमहरु पूर्णरुपमा पालना गरिएको बताए।

डब्ल्यूएचओका चेतावनीको बाबजुद पनि बेलायती अधिकारीहरूले ६०,००० समर्थकहरुलाई अर्को हप्ता लन्डनमा हुने प्रत्येक तीन अन्तिम खेलहरू हेर्न अनुमति दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्