ऋतिक रोशनसँग विवाह गर्ने सोनाक्षीको चाहाना



काठमाडौं । बलिउडको अभिनेत्री सोनम कपुरले विवाह गरिसकिन । प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक सम्बन्धमा बाँधिने तयारीमा छन् । त्यही बलिउडमा केही हिरोइन भने अहिलेसम्म पनि जीवनसाथीको खोजीमा छन् ।

यी अभिनेत्री यस्तो मान्छेको खोजीमा छन् कि जसले उनीहरुलाई बुझेर पूरा जिन्दगी साथमै बिताउन सकून् । कुरा सोनाक्षीको हो । उनले जीवनसाथीको विषयलाई लिएर एक अन्तर्वार्तामा केही खुलासा गरेकी छिन् ।

लाइफ स्टाइल म्यागजिनले सोधेको थियो, ‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहान्छिन् रु’ उनले भनिन्, ‘म यस्तो पुरुसलाई अपनाएर जीवनसाथी बनाउन चाहान्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ।’

साथै उनले आफूले कुनै गलत नियतले विवाह नगर्ने पनि बताएकी छिन् ।

फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्नुपर्‍यो भने रु भन्ने प्रश्नमा उनले आफूलाई ऋतिक रोशनलाई मनपर्ने बताएकी छिन् । आफू विवाहका लागि ऋतिकसँग राजी भएको उनको धारणा थियो । आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्