
बारा :– जिल्ला अस्पताल, कलैयाको सटरमा गैरकानुनी ढंगले निजी फार्मेसी सञ्चालनमा रहेको पाइएको छ ।
अस्पतालको मुख्य प्रवेशद्धारसँगै रहेका सटरमा केही व्यवसायीले वर्षौंदेखि अवैध तरिकाले फार्मेसी सञ्चालन गर्दै आएका छन् ।
सर्वोच्च अदालतले २०७२ असार १३ मा चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पताल र अन्य सबै सरकारी अस्पतालले फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने र अस्पताल परिसरका निजी फार्मेसी बन्द गराउने आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि कलैया अस्पतालले फार्मेसी सञ्चालनमा ल्याए पनि निजी फार्मेसीलाई बन्द गराउन नसकेका हुन् ।
याे खबर अाजकाे कान्तिपुर दैनिकबाट लिइएकाे हाे ।