सर्लाहीमा दुई पेस्तोलसहित ३ जना पक्राउ



मलंगवा । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका २ बाट दुई थान पेस्तोलसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ब्रहम्पुरी गाउँपालिका ४ त्रिभुवन नगरका २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनेर चिनिने आलम मन्सुर र १९ वर्षीय राहुल भनेर चिनिने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहम्पुरीको संयुक्त टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरेको हो ।
ब्रहम्पुरी मोहनपुर सडकखण्ड भएर उत्तर तर्फ जाँदै गरेको अवस्थामा विशेष सुराकीको अधारमा उनीहरुलाई पक्राउ गरिएको हो । बी आर ३० एक्स ६०११ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार हतियार बोक्नुको कारण खुल्न बाँकी छ ।
प्रहरीले उनीहरुको साथबाट मेड इन इटाली लेखेको म्यागजिन सहितको दुई थान पेस्तोल, छुटै म्याजिन दुई थान, ७.६५ के एफ लेखिएको गोली १७ राउण्ड र मोबाइल तीन थान बरामद गरेको छ । पक्राउ परेकालाई सात दिनको म्याद अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्