सप्तरीमा ५५ मानवाधिकार उल्लङ्घनका घटना



सप्तरी । सप्तरी जिल्लामा छ महिनाका अवधिमा ५५ मानवाधिकार उल्लङ्घन र ज्यादतीका घटना भएका छन् । नेपाल मानवाधिकार वर्ष पुस्तक २०२२ को तयारीका लागि इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा सन् २०२१ जनवरीदेखि जुनसम्मका अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार बालिका बलात्कारका १२ घटनामा पाँचदेखि १८ वर्षका १३ जना पीडित छन् । त्यससम्बन्धी एउटा उजुरी दर्ता भएको छैन ।
जिल्लामा पहिलो पटक मिर्गौला बेचबिखनको घटना पनि बाहिर आएको छ । महिला बलात्कारका ६ घटना भएका छन् । यो छ महिनाको अवधिमा गैरराज्यबाट दुई पुरुषको कुटपिटमा हत्या घटना भएको छ ।
यस्तै छ महिनामा बालयौन दुव्र्यवहारको तीन घटना भएको छ भने एउटा उजुरी दर्ता भएको छैन । ६ महिनाको अवधिमा हुनै लागेको एक बालविवाह रोकिएको छ भने अर्को एक बालविवाहमा पाँच आरोपितविरुद्ध अदालतबाट म्यादी पुर्जी जारी भएको छ ।
एक महिलाको एक आत्महत्या दुरुत्साहनको घटना र बहुविवाहको चार घटना भएको छ ।
भौतिक संरचना, सम्पत्ति क्षतिअन्तर्गत चार घटना भएको छ । गैर राज्यबाट यातनाका एक, विप्लव समूहका पक्राउको एक, कुटपिट÷दुव्र्यवहारका चार, घरेलु हिंसाका पाँच घटना अभिलेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्