अनुसन्धान विभागद्वारा तस्करलाई पक्राउ गर्न गोप्य रुपमा निगरानी 



जनकपुरधाम । धनुषामा राष्ट्रिय अनुसन्धान विभागले तस्कर, तस्करी हुने स्थान र नाकाहरुमाथि पनि विशेष निगरानी सुरु गरेको छ । प्राप्त समाचार अनुसार धनुषाको महुवा कपिलेस्वरमा विहीवार राति अबैध रुपमा भन्सार छली ग़री ल्याउँदै गरेको लाखों मूल्य वरावरको स्टील भाड़ा वर्तन र मेकअपका समाहरु राअको सक्रियतामा समातेको छ । ज२प २३०३ नम्बरको मोटरसाइकिलमा ल्याउदै गरेको सामानहरु भन्सार कार्यालय जनकपुरको समन्वयमा राष्ट्रिय अनुसन्धानले समातेको ख़बर छ ।

 

अबैध सामाग्री पक्राउ परे पनि तस्करहरु अबैध सामहरू बोकेको साधन छोडेर भागेको  सूत्रले बताएको हो । राष्ट्रिय अनुसन्धान विभागले गर्दै आएको सूचना संकलन र सम्प्रेषणलाई निरन्तरता दिदै अव भन्ने राजस्व छली तथा भ्रस्टाचार जन्य क्रियाकलाप गर्ने माथि पनि विशेष निगरानी सुरु ग़री सकेको  राअ धनुषा प्रहरी उपरिक्षक शेरजंग बहादुर चंदले बताएका छन ।

 

राष्ट्रिय अनुसन्धानका एस.पी अहिले धनुषाको काला बाजारीयमा संलग्नकों विवरण र  भ्रष्टाचारिहरुको विवरण पत्ता लगाउन व्यस्त देखिएका छन । राष्ट्रिय अनुसंधानका आफ्नो संपूर्ण संयन्त्रलाई अवैध गोदामहरु कहा कहाँ छ भनेर पता लगाउन निर्देशन दिएको विशेष सूत्रले जानकारी दिएको हो ।

 

धनुषाको बिभिन्न नाकाहरुमा अनुसंधानका सदा पोषाकका प्रहरीहरु गोप्य रुपमा खटीएको सूचना पनि प्राप्त भएको छ । काठ तस्कर, खुल्ला रक्सी व्यापारी, राजस्व छली  र गलत क्रिया कलापमा संलग्नको लागि अव राष्ट्रिय अनुसन्धान टाउको दुखाए को विषय बनेको छ ।

 

जिल्ला भन्सार कार्यालय, ससस्त्र प्रहरी , नेपाल प्रहरी र अन्य निकायहरु संग समन्वय ग़री गलत गतिबिधिहरु माथि विशेष निगरानी सुरु गरेको एस पी चंदले द नेपाल टॉप लाई स्पस्ट पारे । धनुषा जिल्ला अन्य जिल्लाको तुलनामा सम्बेदशील भएकोले गर्दा समन्वय र सहकार्यलाई हामी प्रथमिकता साथ अगाडि बढाएको उनले बताए । स्थानीय सरकार, प्रदेश सरकार र अन्य निकायहरु संग पनि समन्वय र सहकार्य गर्दै शान्ति शुरक्षा र शुशाशनको लागि कार्य गर्दै आएको चन्दको कथन छ ।

प्रदेश २ को केन्द्रको रुपमा रहेको जनकपुरधाममा हामी आफ्नो सम्पूर्ण जनशक्तिलाई यहाँको बिभिन्न निकाय संग समन्वय गर्दै गाउ  गाउ टोल (टोल र वार्ड सम्म पुगेर वस्तु स्थीतीलाई बुझ्न अहिले द्रुत गतिमा कार्य गर्दै आएको राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय धनुषाका प्रमुख चंदले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्