बालिका वधु’ को दादी सा को निधन



एजेन्सी: प्रसिद्ध भारतीय अभिनेत्री सुरेखा सिक्रीको ह्रदयधात कारण शुक्रबार बिहान निधन भएको छ। उनी ७५ वर्षकी थिइन। उनले भारतीय धारावाहिक ‘बालिका वधु’ मा दादी सा साको भूमिकामा देखा परेकी थिइन् ।

सुरेखा भारतीय थिएटर, फिल्म र टेलिभिजन उद्योगमा एक प्रसिद्ध नाम हुन्। उनले पहिलो पटक सन् १९७८ को राजनीतिक नाटक ‘किस कुर्सी का’ मा देखा परेकी थिइन् । यूपीमा जन्मेकी सुरेखाले सन् १९७१ मा नेशनल स्कूल अफ ड्रामाबाट अभिनय परिष्कृत गरेका थिइन् ।

प्रतिक्रिया दिनुहोस्