हाम्रो सभर्रबाट डाटा चोरी भएको छैन: नेपाल टेलिकम



काठमाडौँ: नेपाल टेलिकमले आफ्नो सर्भरमा ह्याकरको आक्रमण नभएको र सम्पूर्ण डाटा सुरक्षित रहेको जनाएको छ।

टेलिकमले एक विज्ञप्ति जारी गर्दै कम्पनीका सम्बन्धित विज्ञबाट विस्तृत छानबिनपश्चात् कम्पनीको कुनै पनि डाटा चोरी नभएको र समाचारमा उल्लेख गरिएको दाबीमा कुनै पनि सत्यता नरहेको निष्कर्ष निकालिएको बताएको छ।

केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शङ्कास्पद डिभाइस बन्द गरेर छानबिन सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्