दाङमा जुवा खेलिरहेका १० जुवाडेलाई पक्राउ



दाङ । घोराही उपमहानगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले एक लाखभन्दा बढी रकमसहित १० जुवाडेलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा, २२ वर्षीय निमबहादुर रोका, २६ वर्षीय त्रिपन बुढा, ३३ वर्षीय ढोका घर्ती, ४० वर्षीय तेजलाल पुन र ६८ वर्षीय गनबहादुर घर्ती छन्।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द रिजालका अनुसार घोराही १३ डुमरगाउँस्थित गनबहादुर घर्तीको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट १ लाख २२ हजार ५ सय १० रुपैंया नगद र ६ गड्डी तास बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्